माविलुङ्ग इनर्जीले १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । माविलुङ्ग इनर्जी लिमिटेडले १८ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले एकसय रुपैयाँ अंकित १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबर १८ लाख ९० हजार ५४० कित्ता साधारण सेयर बिक्री खुल्ला गर्ने भएको हो ।

निकट समयमा नै निष्कासन हुने कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । हालैमात्र भएको सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजिव सापकोटा र माबिलुङ्ग इनर्जीकोे तर्फबाट सञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

माबिलुङ्ग इनर्जीले सङ्खुवासभा जिल्लाको चैनपुर मादी नगरपालिकामा रहेको ४।९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त निर्माणाधीन आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.