मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिकाका वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी बताए । उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दे आई रहेका थिए ।

उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.