मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब धेरै

चालु आर्थिक वर्षको १० महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ९२ अर्बले धेरै भएको छ।

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।

अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ। यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।

आयात घटेको कारण मुलुकको चालु खाता पनि एक खर्ब ९३ अर्ब रूपैयाँ नाफामा देखिएको छ।

वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३र७४ देखि नोक्सानमा रहँदै आएको छ। चालु आर्थिक अन्त्यसम्ममा भने यो वर्ष चालु खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।
चालु आर्थिक वर्षको १० महिनामा आयात २।४ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब रूपैयाँमा सीमित भएको छ।

११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अवधिमा पर्यटकबाट भएको आम्दानी ६९ अर्ब ४० करोड छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.