मूल्य वृद्धिदर ५.६७ प्रतिशत

गत आर्थिक वर्षको वैशाखमा ७।४१ प्रतिशत रहेको मूल्य वृद्धि यस आर्थिक वर्षको वैशाखमा ४।४० प्रतिशत छ।

यसपटक वार्षिक औसत मूल्य वृद्धि दर भने ५।७६ प्रतिशत छ। गत वर्षभरीको मूल्य वृद्धि दर औसतमा ७।७४ प्रतिशत थियो।

वैशाखसम्ममा तरकारी २३।११ प्रतिशत, दाल तथा गेडागुडी १०।८५ प्रतिशत, मरमसला ८।९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ७।४२ प्रतिशत र चिनी तथा चिनी भएका वस्तुहरूको मूल्य ७।२५ प्रतिशतले बढेको छ।

घ्यू र चिनीको मूल्य भने ७।१३ प्रतिशतले घटेको छ।

गैर खाद्य वस्तुमा विविध वस्तु तथा सेवा १२।२६ प्रतिशत, शिक्षामा ५।६४ प्रतिशत र कपडा जता जुत्ता चप्पलमा ३।४६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
सञ्चार क्षेत्रमा ०।४८ प्रतिशतले मूल्य घटेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.