मृतकलाई जिवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ

‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले एक जना पास्टरलाई पक्राउ गरेको छ ।

सोमबार दिउंसो बुटवलबाट होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षी राजेन्द्र गोतामे प्रहरीले पक्राउ गरोको हो ।

आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्डको भिडियोमा होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका राजेन्द्र गोतामेले एक मृत महिलालाई जिवित गराएको देखाइएको छ ।

गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.