मेलम्ची आयोजनाको चाँडो सक्न सहयोग गर्छुः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मेलम्ची आयोजना सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सरोकारवाला र सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए ।
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्षले निरन्तर काम गरिरहेको बताइन् । आर्थिक वर्ष २०७७/०७८ को बजेट कार्यान्वयन, विशेष गरी पुँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा मन्त्रालयले छलफल गरेको थियो । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउन मन्त्रालयले जोड दिएको छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.