मोटरसाइकल चोरेको आरोपमा १ जान पक्राउ

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँ वस्तीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौँरीदेउराली गाउँपालिका घर भएर बौद्ध बस्दै आएका २७ वर्षीय पेमा तामाङ छन् ।

आरोपीको साथबाट बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

सो मोटरसाइकल बालाजु बाइपासबाट हराएको थियो । भदौ ६ मा चोरी भएको सो मोटरसाइकलमा पेमाले नक्कली नम्बर प्लेट राखेर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पेमा २०७२ मा पनि चोरी मुद्दामा पक्राउ परेका थिए । उनलाई चोरीको मोटरसाइकलसहित थप अनुसन्धानका लागी वृत्त बालाजुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.