मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका–१३ बडेरामा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

सुनवल नगरपालिका–१ का २९ वर्षीय विनय रायमाझीको मृत्यु भएको हो। रायमाझीले चलाएको लु ६२ प १२९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पूर्व–पश्चिम राजमार्गमा निमार्णाधीन पुलको भित्तामा ठोकिएको थियो।

गएराति पौने ११ बजे भएको सवारी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवल नवलपरासी पश्चिमले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.