म्यादी प्रहरीका लागि पाँच दिनमा एक लाख २० हजारले दिए आवेदन

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीका लागि सोमबार साँझसम्म एक लाख २० हजारभन्दा धेरैको आवेदन परेको छ ।

नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गत ३० भदौबाट आवेदन खुला गरेको थियो । इच्छुकले ६ असोजसम्म आवेदन दिन सक्नेछन् । आवेदन मुलुकको ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत खुला गरिएको थियो ।

मुलुकभरबाट सोमबार साँझसम्म एक लाख २० हजार दुई सय ९९ जनाको आवेदन परेको नेपाल प्रहरीका केन्द्रीय निमित्त प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.