राष्ट्र बैंकले बजायो खतराको घण्टी, विदेशी मुद्राको स्टक घट्यो, चिप्लिन थाल्यो प्रक्षेपणमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको तथ्यांक सार्बजनिक गरेको छ। राष्ट्र बैंकले ८ महिनासम्मको बस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य पुरा नहुने देखिएको छ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै आयात धान्नका लागि दिइएको लक्ष्यभन्दा तल विदेशी विनिमयको सञ्चिति झरेको राष्ट्र बैंकले जनाएको छ। असोजसम्मको तथ्यांकका आधारमा अब देशले ७.९ महिनासम्मको मात्र आयात धान्न सक्छ।

‘उच्च आयातको प्रबृत्ति कायमै रहेमा विदेशी विनिमय सञ्चितिमा थप दबाब पर्ने जोखिम छ’ राष्ट्र बैंकको त्रैमासिक समिक्षामा उल्लेख छ। ब्यापार घाटा ४६ प्रतिशतले बढेको छ।

मूल्य बृद्धि पनि बढ्ने अनुमान राष्ट्र बैंकको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य बृद्धिको असर तथा नेपाली रुपैयाँको अवमूल्यनले आगामी दिनमा मूल्य बृद्धिमा चाप पर्ने राष्ट्र बैंकले जनाएको छ।

निजी क्षेत्रमा जाने ऋण बिस्तारमा पनि राष्ट्र बैंक चिप्लिएको छ। केन्द्रीय बैंकले २० प्रतिशतले ऋण बढ्ने अनुमान गरेकोमा बार्षिक बिन्दुगत आधारमा हेर्दा २५.२ प्रतिशतले बैंक ऋण बढेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.