रिलायन्स इन्डस्ट्रिजमा फेरि हुँदैछ पारिवारिक भागबन्डा, कस्तो तयारी गर्दैछन् मुकेश अम्बानी ?

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले कोरोना महामारीका क्रममा आफ्नो टेक र रिटेल बिजनेसका लागि ६।५ अर्ब डलर जुटाए। उनी तेल कारोबारमा निर्भरता कम गर्न र विभिन्न अन्य क्षेत्रमा कारोबार फैलाउन चाहन्थे।

अब भने अम्बानी आफ्ना सन्तान आकाश, इशा र अनन्तलाई आफ्नो बिजेनस भागबन्डा गर्न चाहन्छन्। अम्बानीले आफ्नो उत्तराधिकारी को बन्ने भन्ने विषयमा सार्वजनिक रुपमा खुलाएका छैनन्। यद्यपि उनले जसरी रिटेल र डिजिटल कारोबार बढाउँदै लगेका छन्, यसबाट यो स्पष्ट हुन्छ कि उनी आफ्नो कारोबारको लगाम आउँदो पिढीको हातमा सुम्पिने तयारीमा छन्।

रिफाइनिङ र पेट्रोकेमिकल्समा निर्भरता

रिलायन्सको कारोबार अहिले धेरै हदसम्म क्रुड आयल रिफाइनिङ र पेट्रोकेमिकल्समा निर्भर छ। तर यसको रिटेल कम्पनी रिलायन्स रिटेल रेभेन्युको हिसाबले देशकै सबैभन्दा ठूलो कम्पनी हो। यदि फ्युचर ग्रुपका साथ यो कम्पनीको सम्झौता हुन्छ भने रिटेलमा रिलायन्सको दबदबा कायमै रहनेछ।

रिलायन्सको डिजिटल कम्पनी जियो प्लेटफम्र्समा फेसबुक र गुगलजस्ता दिग्गज टेक कम्पनीहरुको लगानी रहेको छ। अम्बानीका सन्तानहरु अहिले पनि रिलायन्सको कारोबारमा अहम भूमिका निभाइरहेका छन्। अम्बानीका जुम्ल्याहा सन्तान ईशा र आकाशले कम्पनीको डिजिटल कारोबारमा अगाडि बढ्नेमा जोड दिएका छन्।

पारिवारिक परिषद्

यसअघि पनि खबर आएको थियो कि मुकेश अम्बानी एउटा पारिवारिक परिषद् गठन गर्न गइरहेका छन्। जसका माध्यमबाट उनी आफ्नो कारोबार आउँदो पिढीसम्म सजिलै हस्तान्तरण गर्न सक्नेछन्। यो परिषद्मा अम्बानीका तीन सन्तान आकाश, ईशा र अनन्तका साथै परिवारका एक वयस्क सदस्य हुनेछन्। यद्यपि हालसम्म यो परिषद्का बारेमा आधिकारिक घोषणा भइसकेको छैन।

अनील अम्बानीसँग विवाद

मुकेश अम्बानी र भाइ अनील अम्बानीबीच रिलायन्सको विरासतका विषयमा लामो समयसम्म विवाद चलेको सबैलाई थाहै छ। सायद यही कारणले आउँदो पिढीमा कारोबारको बागडोर सम्हाल्ने विषयमा विवाद नहोस् भनेर मुकेश अम्बानीले पारिवारिक परिषद् गठन गर्ने निर्णय लिएको हुन सक्ने अनुमान गरिन्छ। मुकेश अम्बानीको कारोबारको बागडोर उनकै सन्तानमा जानेमा दुईमत छैन तर यति ठूलो कारोबारको हिस्सेदारी विषयमा विवाद नहोला भन्न पनि सकिन्न।

विरासतको भागबन्डा

सन् २००२ मा धीरुभाइ अम्बानीको निधन भएपछि रिलायन्सको विरासतलाई लिएर मुकेश अम्बानी र अनील अम्बानीबीच थुप्रै वर्ष विवाद चल्यो। लामो समयको विवादपछि आमा कोकिलाले हस्तक्षेप गर्दै कम्पनीलाई दुई हिस्सामा भागबन्डा गरिदिइन्। जसमध्ये मुकेश अम्बानीको भागमा रिलायन्स इन्डस्ट्रिजको कारोबार सम्हाल्ने जिम्मेवारी पर्यो भने अनिल अम्बानीको भागमा कम्युनिकेसन, पावर र फाइनेन्सियल बिजनेस सम्हाल्ने जिम्मेवारी पर्यो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.