रुपैयाँको मूल्य कसले तय गर्छ रु कहिले कमजोर र कहिले बलियो किन हुन्छ ?

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहँदै आएको छ । यसमा पुनर्विचारको माग वर्षौदेखि उठे पनि त्यो सम्बोधन भएको छैन । यहीकारण भारतीय रुपैयाँ जति–जति अमेरिकी डलरसँग अवमूल्यमा पर्छ, त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि पर्छ ।

पछिल्लो समय अमेरिकी डलर बलियो बन्दै जाँदा भारतीय रुपैयाँ कमजोर हुँदै जानु र त्यसको प्रभावकै कारण नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै गयो भने हाम्रोजस्तो मुलुकका लागि राम्रो होइन । आयातमा आधारित अर्थतन्त्र भएको मुलुक र निकै धेरै वैदेशिक ऋण थाप्लोमा राखेर अगाडि बढेको नेपालजस्तो मुलुकका लागि नेपाली मुद्रा अवमूल्यनमा पर्नु र अमेरिकी डलरको भाउ बढ्दै जानुले ठूलै सकसमा पार्छ ।

भारतीय रुपैयाँ र अमेरिकी डलरबीचको अन्तरसम्बन्धमै नेपाली रुपैयाँको मूल्य अन्तरनिहीत हुने खराब व्यवस्थाबाट गुज्रिरहेका हामीले भारुको मूल्य चाहि कसरी तय हुन्छ भन्ने कुरा सायदै बुझेको हौला । आज हामी त्यही विषयमा बुझाउन खोजिरहेका छौं । कसरी तय हुन्छ त नेपालसँग स्थिर विनिमय दर रहेको भारुको मूल्य रु

तपाईलाई अचम्म लाग्नसक्ला कि सन् १९९१ मा मात्रै पनि एक अमेरिकी डलर बराबर २२।७४ भारु हुने मूल्य कायम थियो । सन् २००१ मा भारुको मूल्य एक अमेरिकी डलर बराबर ४७।१९ कायम भयो । तर, २०२२ को अक्टोबरमा भने डलरको तुलनामा भारुको मूल्य सर्वाधिक ८३।२६ को उचाईमा पुग्यो ।

केही समयअघि भारतीय सञ्चारमाध्यमहरुमा भारतकी वित्तमन्त्री निर्मला सीतारमणको एउटा भनाई भाइरल बनेको थियो । उनले भनेकी थिइन्–‘म भारुको भाउ घटेको रुपमा यसलाई बुझ्दिँन, बरु यो त अमेरिकी डलर चाहिँ मजबुत बन्दै गएको अवस्था मात्र हो ।’

उसो भए के डलर नै भारुको मूल्य तय गर्छ त रु केही हदसम्म डलरले नै भारुको मूल्य तय गर्छ । तर, यसको पछाडि एउटा विज्ञान हुन्छ । किनभने भारुको मूल्य तय गर्ने फ्याक्टर्स धेरै हुन्छन् ।

ब्याजदर एउटा कारण
यसलाई सजिलो रुपमा बुझ्नका लागि एउटा उदाहरण हेरौं । यदि तपाईलाई थाहा भयो कि कुनै लगानी उपकरणको ब्याजदर निकै बढ्यो भने तपाई के गर्नुहुन्छ रु पक्कै पनि आफूसँग भएको बढी पैसा बढी ब्याज पाइने त्यही उपकरणमा लगानी गर्नुहुन्छ । किनभने त्यही निश्चित रिटर्नको ग्यारेण्टी हुन्छ ।

यस्तै अवधारणा यहाँ पनि लागू हुन्छ । यूएस फेड९अमेरिकी केन्द्रीय बैंक० पछिल्लो समय लगातार ब्याजदरमा वृद्धि गरिरहेको छ, जसका कारण अमेरिकी डलर एक आकर्षक लगानी उपकरण बनिरहेको छ । विश्वभरका ठूला लगानीकर्ता दोश्रो देशबाट पैसा निकालिरहेका छन् र धमाधम अमेरिकी डलरमा लगानी गरिरहेका छन् । जसका कारण डलर पहिलाभन्दा अहिले मजबुत बन्दै गइरहेको छ ।

आरबीआई चाहिँ किन बढाइरहेको छ त ब्याजदर रु
अमेरिकाको केन्द्रीय बैंक यूएस फेडले लगातार ब्याजदर बढाइरहेको छ । जसका कारण विश्वभरका लगानीकर्ताले विभिन्न देशबाट पैसा निकालेर अमेरिकामा लगानी गरिरहेका छन् । यदि कुनै देशले आफ्नोबाट समेत ठूलो पैसा अमेरिका नजाओस् भन्ने चाहने हो भने त्यहाँ पनि ब्याजदर नबढाई सुख छैन । यहीकारण रिजर्ब बैंक अफ इण्डिया९आरबीआई०ले पनि ब्याजदर बढाइरहेको छ, ताकि कुनै पनि लगानीकर्ता भारत छाडेर अमेरिका नजाउन् । नेपालमा समेत यस्तै थ्योरीले काम गरेको हुन्छ ।

अन्तर्राष्ट्रिय व्यापार
विभिन्न देशमा केन्द्रीत ठूला लगानीकर्ताले तत् देशबाट पैसा निकालेर अमेरिकामा लगानी गरिरहेका छन् । यसले विश्वभरको देशमा डलरको अभाव भइरहेको छ । यसको परिणाम उच्च मागको रुपमा देखापर्छ । यदि कुनै देशमा निर्यात धेरै र आयात कम हुन्छ भने त्यस्तो देशको विदेशी मुद्राको सञ्चिती बढ्न जान्छ । यहीकारण त्यस्तो देशले बजारबाट डलर खरीद गर्नका लागि आफूले सञ्चिती गरेको मुद्रा खर्च गर्नुपर्दैन । यसले अमेरिकी डलरको तुलनामा त्यो देशको मुद्राको मूल्य बढ्छ ।

तर, भारत र नेपालमा यस्तो छैन
भारत र नेपालकै वैदेशिक व्यापार आफ्नो पक्षमा छैन । हामीले जति रकम बराबरको निर्यात गर्छौ, त्योभन्दा कयौं गुणा बढी आयात गर्छौ । आयातका लागि हामीले डलरमा भुक्तानी गर्नुपर्छ । यदि हामीले विश्वभर डलरको अभाव भइरहेकै बेला डलर खरीद गर्नुपर्ने अवस्थामा छौं भने त्यस्तो डलर खरीद गर्नका लागि भारु वा नेरु अरु बेलाको भन्दा बढी खर्च गर्नुपर्छ । यसले देशको मुद्रा सञ्चितीमा निरन्तर दवाब पर्छ ।

मौद्रिक नीतिको पनि असर पर्छ
रिजर्ब बैंक अफ इण्डियाले मौद्रिक नीतिकै कारण ५०० रुपैयाँको नोटको मूल्य प्रत्येक दिन बदलिरहेको हुन्छ । यो यसकारण कि भारतीय केन्द्रीय बैंक भारुको माग र आपूर्तिमाथि नियन्त्रण बनाइराख्नका लागि विभिन्न मुद्राहरु खरीद गर्दै बिक्री गरिरहेको हुन्छ । ताकि रुपैयाँको मूल्य स्थिर रहोस् । यसबाहेक रिपो रेट तथा तरलता अनुपातजस्ता सूचकहरुमा हुने परिवर्तनले पनि रुपैयाँको मूल्यमा प्रभाव पर्छ ।

सर्वसाधारणमा पर्ने असर
यदि तपाई विदेशमा गएर अध्ययन गर्ने योजना बनाइरहनुभएको छ भने र यहीबेला रुपैयाँको मूल्य घट्यो भने तपाईले अरुबेलाभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तै, विदेशमा बस्दाको तपाईको खर्च पनि बढ्छ ।

सन् २०२२ मा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्यमा ९।८ प्रतिशतको गिरावट आइसकेको छ । यसले हाम्रो आयात अझै महङ्गो हुँदै गएको देखाउँछ ।

जब रुपैयाँको मूल्य घट्न थाल्छ, यसको असर सामान्य मानिसको गोजीसम्म पर्न जान्छ । रुपैयाँको अवमूल्यनले प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढंगले देशका नागरिकहरुमा प्रभाव पारिरहेको हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.