रुसमा कोरोनाविरुद्धको भ्याक्सिन ६ हप्तामा सबै नागरिकले लगाइसक्ने

रुसमा कोरोनाविरुद्धको भ्याक्सिन ६ हप्तामा सबै नागरिकले लगाइसक्ने

रुस नागरिकस्तरमा कोरोनाविरुद्धको भ्याक्सिन अभियान चलाउने पहिलो मुलुक बनेको छ । रुसले बृहतरुपमा सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । हाल राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्कोप्तासम्मा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ । रुसी उपप्रधानमन्त्री टाटिआना गोलिकोभाको भनाई उदृत गर्दै तासले सैनिकहरुमा भ्याक्सिन अभियान चलिसकेको जनाएको छ ।

रुसले जनसंख्या, उमेर र जोखिममा काम गर्ने हेरेर भ्याक्सिन लगाउन थालेको छ । खतरामा काम गर्ने स्वास्थ्यकर्मी, शिक्षकलगायत भ्याक्सिन पाउने प्राथमिकतामा परेका छन् । रुसले ४२ दिनभित्र भ्याक्सिन अभियान पूरा गरिसक्ने लक्ष्य लिएको छ ।

यसअघि रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । रुसको गेमिलियाले स्पुतनिक भी नामको भ्याक्सिन विकास गरेको थियो ।