रेशम चौधरीको स्थानमा उनका पिता लालवीर उम्मेद्वार

प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उमेदवारी खारेज गरिदिएको हो ।

चौधरीको उम्मेदवारी खारेज भएसँगै उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नं २ मा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। लालवीर चौधरीलाई ब्याकप उम्मेदवारको रुपमा मनोनयन दर्ता गराइएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।लालवीर रेशम चौधरीका पिता हुन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.