रोयल इनफिल्डको “रोपाइँ राइड” सफलतापूर्वक सम्पन्न

बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक बिक्रेता नोभस ब्रदर्सले रोपाइँ राइड सफलतापूर्वक सम्पन्न गरेको छ।

यो कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते बिहान ७:३० बजे वीरगञ्जस्थित रोयल इनफिल्ड सोरूमबाट ठोरीसम्म आयोजना गरिएको थियो।

उक्त राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए।

यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्त्वलाई उजागर गर्दै कृषिको व्यवसायिकता प्रवर्द्धन गर्न र कृषिमा आधुनिकीकरण ल्याउन टेवा पुर्‍याउने रहेको कम्पनीको भनाइ छ।

ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरूले रोमाञ्चक अनुभव संगालेका बताइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.