रौतहटको इँटा उद्योगमा चौकिदारको मृत्यु

रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एकजना चौकिदारको शंकास्पद मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका वडा नं–१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो।

उद्योगमा राति मियाँ मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन्।

मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएसपी जयसवारको भनाइ रहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.