लकडाउन गरिहाल्नुपर्ने अवस्था छैन : प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको दोस्रो लहरको संकेत देखिए पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्दै प्रम ओलीले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थाले तर सतर्कता अपनाउने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ’, उनले भने। यदि स्थिति काबुभन्दा बाहिर गयो भने नियन्त्रणका उपायहरु भने आवश्य नै अपनाउनुपर्ने प्रम ओलीको भनाइ छ। 

भारतमा एकैदिन ४६ हजार संक्रमित परेको उल्लेख गर्दै प्रम ओलीले नेपालमा चैत ८ का दिन डेढ सयको हाराहारीमा संक्रमित फेला परेको बताए। ‘अघिल्लो दिनको तुलनामा संक्रमित संख्या बढ्यो तर मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, खानपिनमा ध्यान दिनेलगायतका स्वास्थ्य सतर्कता अपनाउने हो भने नियन्त्रण गर्न सकिन्छ’, उनले भने।

फ्रान्सलगायत युरोपेली मुलुकहरु कोरोनाको दोस्रो लहर चलिरहेको प्रसंग कोट्याउँदै प्रम ओलीले नेपालमा पनि स्वास्थ्य मापदण्ड अपनाउने हो भने खासै ठूलो प्रभाव नपर्ने बताए। 

त्यसो त छिमेकी मुलुक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य मन्त्रालय सातै प्रदेशका मन्त्रालयमातहतका स्वास्थ्यसंस्थाहरुलाई अलर्ट गरिसकेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.