लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाे सन्देश पुर्याउन फ्रान्सका राजदूतलाई अर्थमन्त्रीकाे आग्रह

नेपालका लागि फ्रान्सका राजदूत गिलेज बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरे । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन,  जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदूत बोर्बाओलाई आग्रह गरे ।कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.