विजय लघुबित्तले दिन भो १० प्रतिशत बोनस सेयर

काठमाण्डौ । विजय लघुबित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७४\०७५ को नाफा रकमबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकबाट पारित निर्णय स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको छ ।

साथै राष्ट्र बैंकबाट स्वीकृति आएपछि साधारण सभाबाट पारित गराई लाभांस वितरण गरिने कम्पनी सचिव नारायण सापकोटाले जनाएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.