विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब

रेमिटेन्समा भएको वृद्धि, आयातमा आएको कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।

चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १९ खर्ब ४२ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।

डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १४ अर्ब ५३ करोड डलर छ।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।

आयात २।४ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब रूपैयाँमा सीमित भएको छ।
गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब रूपैयाँको आयात भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.