वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त

काठमाडौँ– सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा। द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।

सिफारिस भएका तीनै जनाले नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक लबिइङ गरिरहेका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.