माघ १ गतेदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

अब एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा माघ १ देखि लागू हुने गरि शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो ।

कोभिडको जोखिमबाट बच्‍च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था थियो ।

शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि अधिकतम शुल्क तोकिएको थिएन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.