वैदेशिक लगानी २४.६ प्रतिशतले बढ्यो, शोधानान्तर घाटा ८३ अर्ब पुग्यो

चालु आर्थिक वर्षको दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)  २४.६ प्रतिशतले वृद्धि  भएको छ । भदौसम्म विभिन्न मुलुकहरुबाट .३ अर्ब ४ करोड रुपैयाँ लगानी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक लगानी २ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.