शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र रियाल?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ०२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४६ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०४ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रूपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रूपैयाँ १४ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३७ रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४७ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.