सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल

सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने भएका छन् ।

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.