सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौँ– पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।

सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै सो विषयमा छलफल चलिरहेको छ ।

गठबन्धनको बैठक बस्नुअघि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको थियो । सो वार्तामा दुई दल एउटै घोषणापत्रमा चुनावमा जान सहमत भएका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.