सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने

सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले बैंकसँग गरेको सम्झौता बमोजिम लिएको कर्जाको चुक्ता भुक्तानी मिति समाप्त भई कर्जा भुक्तानी गर्न गराउन पटक पटक लिखित, मौखिक अनुरोधका साथै चुक्ता गर्ने गराउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा मेत वेवास्ता गरी कर्जा फछ्र्यौट नगरेको हुँदा धितो लिलाममा बिक्री गर्ने भएको हो।

बैंकले बैंकको शाखा कार्यालय बानियाँटार, काठमाडौं, हेटौंडा, मकवानपुर, टिकापुर, कैलाली, सिमरा, बारा, विराटनगर, मोरङग र इटहरी, सुनसरी कार्यालयबाट ऋण लिएका ऋणी तथा जमानीकर्ताले धितोमा राखेको घर तथा जग्गा बिक्री गर्ने भएको हो ।

शाखा कार्यालय, बानियाँटार, काठमाडौंबाट ऋण लिएको ऋणी कम्पनी दार्जेलिङ कलेक्सनको धितोमा सुरक्षण रहेको युबिका तामाङको नाममा मालपोत कार्यालय ईलाममा दर्ता कायम रहेको ईलाम जिल्ला, बौद्धनाथ नगरपालिका/गाउपालिका वडा नं. ४ स्थित कित्ता नं. २३८ को क्षेत्रफल २५४३.७० (वर्गमिटर) भएको जग्गा र सोले चर्चेको लिगलगापत समेत बिक्री गर्ने जनाएको छ ।

शाखा कार्यालय टिकापुर, कैलालीबाट ऋण लिएको ऋणी कम्पनी तथा जमानतकर्ताले धितोमा राखेको गणश कुमार थापाको नाममा मालपोत कार्यालय राजापुरमा दर्ता कायम रहेको बर्दिया जिल्ला, राजापुर नगरपालिका/वडा नं. ९ स्थित कित्ता नं. ८५५ को ०-११-१२.५-०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने बैंकले जनाएको छ ।

शाखा कार्यालय विराटनगर, मोरङ्गबाट ऋण लिएका ऋणी लिला बहादुर श्रेष्ठ र जमानकर्ताको नाममा राखिएको धितो बिक्री गरिने बैंकले जनाएको छ । बैंकले दुर्गा बहादुर श्रेष्ठको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्ग जिल्ला, मधुमल्ला गा.वि.स. वडा नं. ६/ज स्थित कित्ता नं. १५५ क्षेत्रफल ०-९-१०-०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने छ ।

शाखा कार्यालय हेटौंडा, मकवानपुरको ऋणी कम्पनी गौरी हार्डवयरले धितोमा राखेको राजेन्द्र प्रसाद सेनुरियाको नाममा मालपोत मार्यालय हेटौंडा, मकवानपुर दर्ता कायम रहेको मकवानपुर जिल्ला हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७०८ को क्षेत्रफल ०-१-१९.५वि.क.धु.क.) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र अभिमन्यु कुमार सेनुरीयाको नाममा मालपोत कार्यालय हेटौंडा, मकवानपुरमा दर्ता कायम रहेको मकवानपुर जिल्ला, हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७६९४, ७६९७, ७६९५ र ७६९३ को क्षेत्रफल क्रमशः ०-०-१.७५, ०-०-८, ०-०-१.७५, ०-०-१.७५ र ०-०-२ (बि.क.धु) भएको घरजग्गा र सोले चर्चेको लिगलगापात समेत बिक्री गर्ने छ ।

शाखा कार्यालय सिमरा, बाराबाट ऋण लिएका ऋणीले धितोमा राखेको हेमन्ती देवी चौधरीको नाममा मालपोत कार्यालय सिमरा, बारामा दर्ता कायम रहेको बारा जिल्ला, डुमरवाना गाविस वडा नं. ५ स्थित कित्ता नं. ६३६ को क्षेत्रफल ०-०-७ (बि.क.धु) भएको जग्गा र सोले चर्चेको लिगलगापात समेत र चनकलिया देवीको नाममा मालपोत कार्यालय बिरगंज, पर्सामा दर्ता कायम रहेको पर्सा जिल्ला, बेवला प्रसौनी गाविस वडा नं. ३ स्थित कित्ता नं. ३४५ को क्षेत्रफल ०-०-६ (बि.क.धु्र) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापत समेत बिक्री गरिने बैंकले जनाएको छ ।

यस्तै, बैंकको शाखा कार्यालय, इटहरी, सुनसरीबट ऋण लिएका ऋणीले धितोमो राखेको संगिता थापाको नाममा मालपोत कार्यालय इनरुवामा दर्ता कायम रहेको सुनसरी जिल्ला, भोक्राहा नगरपालिका/गाविस वडा नं. ८ स्थित कित्ता नं. १५ को क्षेत्रफल ०-७-१०-० विगाहा भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्नेछ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहतिको बोलपत्र फाराम बैंकको कर्जा असुली कविभाग, गैह्रिधारा, काठमाडौं वा सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ । बोलपत्र फाराम बैशाख १५ गतेभित्र बुझाईसक्नु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.