सन्दीप र पीडित किशोरी होटेलको सिसिटिभी फुटेजमा सँगै देखिए

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार बलात्कारको आरोपसहित उजुरी परेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकका अनुसार एक किशोरीले लामिछानेविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको र पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको बताइएको छ ।

प्रहरीले काठमाडौं–९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको प्रहरी स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग( सिपिएल ) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बुझिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.