सम्पत्ति शुद्धिकरण गरेको आरोपमा इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो ।

विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो मागदावी गरेको छ । शाक्यले तामाङसँग कानूनी रुपमा सम्बन्धविच्छेद गरेकी छन् । तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग समेत छ । उनीहरुविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।

सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको कसुरमा तामाङ र उनकी पत्नी सिर्जनासहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध अभियोगमा २०७८ मंसिर १७ मा अदालतमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।

सीआईबीले तत्कालीन अध्यक्ष तामाङलाई २०७८ असोज १८ मा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो । त्यसपछिको अनुसन्धानमा ठगीविरुद्ध सयौं पीडितले सीआईबीमा उजुरी दिएका थिए । त्यस क्रममा तामाङसहित ११ जना पक्राउ परेका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.