सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गरिने

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने अघिल्लो निर्णय सच्याएको हो ।

एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.