सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । कानुन न्याय तथा ‌संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरूले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भइरहेपनि प्रयास सफल नहुने उनले बताए ।

ु यो कुनै शासनले ल्याएको अभियान होइन । गरिब जनताले, सीमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतिका निम्ति, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो । बेला( बेलामा सहकारी आन्दोलनमाथि विभिन्न हमला हुन्छ । तर डराउनुपर्दैन । यो क्षेत्रलाई कुनै कमी(कमजोरी छन् भने सच्याउनुपर्छ,ु उनले भने ।

सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य प्रतिबद्ध हुनुपर्ने उनले बताए । केही सञ्चालकहरूले प्लटिङ, हाउजिङ, ठुला कारोबारलगायत नियम र मर्म विपरीतका काम गरेर सहकारी डुबाइरहेका भन्दै उनले यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

केही समूहहरू जनता भड्काएर अराजकता फैलाउन उद्धत रहेकाले उनीहरूबाट पनि सतर्क रहनुपर्ने मन्त्री गिरीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.