सहसचिव कर्णले लिए कृषि विकास बैंक सञ्चालकको शपथ

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सञ्जीव कुमार कर्णले कृषि विकास बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्। उनलाई जेठ २२ को मन्त्रीस्तरीय निर्णयबाट बैंकको सञ्चालक नियुक्त गरिएको थियो। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कर्णले शपथ लिएको बैंकले जनाएको छ।

बैंकको सात सदस्यीय सञ्चालक समितिमा तीन जना सरकारका प्रतिनिधि रहन्छन् भने तीन जना सेयरसदस्य रहन्छन्। एक जनालाई बाफियाअनुसार बोर्डले नै नियुक्त गर्छ। अहिले बैंकको सञ्चालक समिति अध्यक्षमा सरकारका प्रतिनिधि रामशरण पुडासैनी छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.