साउनदेखि १० लाखमै पुँजीगत लाभकर लाग्नेभएपछि असारमा जग्गा पास गर्ने बढे

काठमाडौं, भक्तपुर र ललितपुरमा असार महिनामा घरजग्गाको कारोबार बढेको छ । यो आर्थिक वर्षदेखि जग्गामा १० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दा पूँजीगत लाभकर लाग्ने भनेपछि उपत्यका तथा आसपासका जिल्लामा जग्गाको कारोबार बढेको हो ।

चाबहिल मालपोत कार्यालयबाट मात्र असार महिनामा ७ करोड ७८ लाख ६४ हजार रुपैयाँ पूँजीगत लाभकर उठेको छ । सो कार्यालयबाट १७ करोड ९२ लाख ७६ हजार रुपैयाँ घरजग्गा कारोबार बापत राजश्व संकलन भएको चाबहिल मालपोत कार्यालयले जानकारी दिएको छ ।

बैशाख महिनामा चाबहिल मालपोत कार्यालयले ४ करोड ७४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो भने ११ करोड ६१ लाख रुपैयाँ राजश्व उठेको थियो । जेठ महिनामा ५ करोड १७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको र ११ करोड ५९ लाख रुपैयाँ राजश्व उठेको कार्यालयले जनाएको छ ।

यस्तै, कलंकी मालपोत कार्यालयले आर्थिक वर्ष २०७४÷७५ को अन्तिम महिना असार मसान्तसम्ममा १० करोड २९ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ भने २० करोड ६२ लाख राजश्व संकलन गरेको छ ।

बैशाख महिनामा ४ कारेड १६ लाख पूँजीगत लाभकर र ९ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

यस्तै, जेठ महिनामा ५ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर र ११ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

मालपोत कार्यालय साँखुले असारमा १ करोड ९३ लाख पूँजीगत लाभकर र ४ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

बैशाखमा साँखु मालपोत कार्यालयले २ करोड ४५ लाख रुपैयाँ बढीको राजश्व संकलन गरेको थियो भने ५४ लाख रुपैयाँ बढी पुँजीगत लाभकर संकलन गरेको थियो । जेठ महिनामा ८१ लाख रुपैयाँ बढी पूँजीगत लाभ कर संकलन गरेको र ३ करोड ५१ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय मनमैजुका अनुसार असार महिनाभर ७ करोड, २५ लाख रुपैयाँ राजश्व संकलन भएको छ भने २ करोड ५८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

बैशाख महिनामा १ करोड ३३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको मालपोत कार्यालय मनमैजुले ३ करोड ४२ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको थियो ।

जेठ महिनामा १ करोड २६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो भने ३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको मनमैजु मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय भक्तपुरले असार मसान्तसम्म ५ करोड ३६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । यस्तै, १३ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

बैशाख महिनामा ११ करोड, ६१ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको भक्तपुर मालपोतले ३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो ।

त्यस्तै, जेठ महिनामा ७ करोड, ८९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो भने २ करोड ६२ लाख बढी पूँजीगत लाभकर संकलन गरेको भक्तपुर मालपोत कार्यालयले जनाएको छ ।

ललितपुर मालपोत कार्यालयका अनुसार साउन महिनामा ११ करोड ७६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने ३० करोड ३३ लाख रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

बैशाख महिनामा ५ करोड १३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो भने १२ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन गरेको ललितपुर मालपोत कार्यालयले जनाएको छ ।

जेठ महिनामा ४ करोड ९१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ भने १४ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन गरेको ललितपुर मालपोत कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.