साउनमा विद्युतीय गाडीको आयात दोब्बर

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५८ करोड ९४ लाख मूल्य बराबरको १०० किलोवाटसम्मका २०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ४ वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।

चालु आर्थिक वर्षमा विद्युतीय चार पांग्रे सवारीको आयात दोब्बरले बढेको छ । सरकारले महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाए पनि आयात बढेको हो ।

एक महिनामै २११ वटा विद्युतीय सवारी आयात भएको छ । करिब ६२ करोड १६ लाख रुपैयाँ मूल्यको यस्तो आयातबाट सरकारले २१ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५८ करोड ९४ लाख मूल्य बराबरको १०० किलोवाटसम्मका २०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ४ वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।
यो वर्षको आयात गत वर्षको तुलनामा शतप्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७८र७९ को पहिलो महिनामा १०५ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए । गत वर्ष सय किलोवाटसम्मका १५०देखि २०० किलोवाटसम्मका ६१ वटा विद्युतीय गाडी सानउन महिनामा नेपाल आएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.