सिरहामा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला

सिरहामा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् । सिरहा नगरपालिका–२१ लगडीगोठस्थित बोर्डर आउट पोस्टमा कार्यरत २६ वर्षीय गिरिजानारायण श्रेष्ठ शुक्रबार बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार बिहान साथीहरूसँगै ड्युटीमा निस्किएका उदयपुरको ताप्ली गाउँपालिका–३ का सशस्त्र प्रहरी जवान श्रेष्ठ शौच गर्न भन्दै रुख भएको बगैँचातिर गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटना शुक्रबार बिहान साढे ६ बजेतिर भएको र घटनाको मुचुल्का गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.