सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज तोलामै रु. ६०० बढ्यो

काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ आज मंगलबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार भने सुनको भाउ तोलामै २ हजार ३०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा झरेको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँ घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ गत आइतबार भने तोलामै ६० रुपैयाँ घटेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.