सुनको भाउ ओरालो लाग्न थाल्यो, आज कतिमा हुँदैछ किनबेच ?

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । बिहिबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ७ सयमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७८ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.