सुनको मूल्य ७ सय रुपैयाँले बढ्दा तोलाको ९३ हजार ४ सय पुग्यो, चाँदी पनि उकालो लाग्दै

साताको पहिलो दिन सुनको मूल्य बढेको छ ।आइतबार सुन तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कारोबार मूल्य निर्धारण भएको हो।

गत शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत शुक्रवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको थियो। अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८२९. ०५ डलरमा कारोबार भइरहेको छ । चाँदी  प्रतिऔंस २३ .३२ डलर रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.