सेप्टेम्बरबाट नेपालमा ई–पासपोर्ट प्रयोगमा आउने, यस्तो छ तयारी

काठमाण्डौ । नेपालमा आउने सेप्टेम्बरबाट ई–पासपोर्ट दिन सुरु गरिने भएको छ।

राहदानी विभागका अनुसार ई–पासपोर्टको डिजाइनको काम सकिएकोले अब छपाइको काम सुरु हुनेछ। ई–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। यो कम्पनीसँग सरकारले २० लाख प्रति ई–पासपोर्ट छाप्ने सम्झौता गरेको छ। कम्पनीले काठमाण्डौको त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्नेछ।

ई– पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागको भनाइ छ। सेवाग्राहीले ई–पासपोर्ट बनाउँदा एमआरपीजतिकै शुल्क तिरे पुग्नेछ।

विभागले ई–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक भएमात्रै मेसिन रिडएबल पासपोर्ट (एमआरपी) बनाउन सुझाव दिए। अत्यावश्यक नभए एमआरपी नबनाउन र नवीकरण नगर्न विभागको भनाइ छ। एमआरपी नवीकरण नगरे जरिवाना नलाग्ने पनि विभागले स्पष्ट पारेको छ। 

ई–पासपोर्ट आए पनि जारी भएका एमआरपी म्याद नसकिउन्जेल प्रयोग गर्न मिल्ने पनि विभागले जनाएको छ। नेपालले सन् २०१० बाट हस्तलिखित पासपोर्ट हटाएर एमआरपी दिन थालिएको थियो। 

हाल विश्वका १२० मुलुकले ई–पासपोर्टको प्रयोग गरिरहेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.