हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङक वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् ।

दुई साता अघि काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए । सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका हुन् ।

धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.