हालसम्मकै ठूलो आईपीओमा आजबाट आवेदन खुल्यो, कसरी र कति कित्ता भर्ने ?

काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ आज शुक्रबार (माघ २ गते) देखि बिक्री खुला गरिएको छ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ।

कुल ८ करोड कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

प्रतिकित्ता रु। १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ। एक अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। यसकारण न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने देखिन्छ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.