हितेन्द्रदेव शाक्य बने विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि शाक्यलाई निमित्त प्रमुख तोकेको हो। शाक्यले सोमबार नै पदबाहाली गरेका छन्।

प्राधिकरणका उपकार्यकारी निर्देशक शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता बोलाइएको हो। एनईए प्राधिकरणको सहायक कम्पनी हो। परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित एनईएको प्रवन्ध निर्देशकका रुपमा काम गर्न तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन्। उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तर्गत तयारी चरणको परियोजनामा पनि खटिएका थिए। इलामका स्थायी बासिन्दा शाक्यले बीईका साथै प्रणाली सञ्चालनमा स्नातकोत्तर गरेका छन्। यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए। तर कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.