१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई मर्जमा जान राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जमा जान निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको निर्देशनलाई परिवर्तन गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थालाई २०७९ असार मसान्तसम्ममा मर्जरमा जानुपर्ने व्यवस्था गरेको थियो । उक्त नीति कार्यान्वयनका लागि पछिल्लो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको कुनै पनि एक कम्पनीमा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएमा त्यस्ता संस्थाहरुबीच मर्ज गर्नुपर्ने भनिएको छ ।

लघुवित्त वित्तीय संस्थामा अन्य बैंक वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएमा त्यस्ता संस्था गाभ्न/गाभिन वा प्राप्तिमा जान आगामी असार मसान्तसम्ममा म्याद तोकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.