१० महिनामा बैंकले कमाए ५३ अर्बभन्दा बढी नाफा

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६१ खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप संकलन ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

यो अघिल्लो महिनाको तुलनामा २६ अर्ब ५० करोड ३० लाख रुपैयाँले बढी हो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ६३ अर्ब ५१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

तर, निक्षेपको आकार बढ्दै गर्दा यता बैंकहरुको लगानीको ग्राफ भने खासै बढ्न सकेको छैन । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा कर्जा लगानी ०।२७ प्रतिशतले घटेर जम्मा ५१ खर्ब ११ अर्ब ७० करोड ६० लाख रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।

जबकि अघिल्लो चैत महिनासम्ममा नै बैंकहरुले ६१ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गर्दै ५१ खर्ब २५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समीक्षा अवधिमा लगानी बढाउन नसकिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूमाथि थप खराब कर्जाको दबाब परेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ९एनपीएल० दर ३।९८ प्रतिशत पुगेको छ । अघिल्लो महिना यस्तो एनपीएल दर ३।९६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले राखेको दर अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गरेका कूल लगानीको ५ प्रतिशत भन्दा तलको खराब कर्जालाई सामान्य मानिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.