१०.२८ अंकले घट्यो सेयर बजार, २३ कम्पनीका सेयरधनीले मात्रै कमाए

सोमबार सेयर बजार १०.२८ अंकले घटेर १३३८.१७ अंकमा कायम भएको छ । होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः ८.६६, २५.६१ र ३.६३ अंकले बढे पनि बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स बीमा र लघुवित्त समूह क्रमशः १०.०४, २.६२, २६.९१, १५.५, ७.४८, ६९.९६ र २२.५९ अंकले घटेका छन् ।

दिनभरिमा १६३ वटा कम्पनीको १० लाख सात हजार सात सय ६४ कित्ता सेयर छ हजार पाँच सय ८८ पटक खरिदविक्री हुँदा ४२ करोड ५१ लाख ९४ हजार दुई सय ९९ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंकको छ करोड ४७ लाख, सिद्धार्थ इन्स्योरेन्सको साढे दुई करोड तथा नविल बैंक प्रोमोटर, बुटवल पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकको एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, फस्र्ट माइक्रोफाइनान्स, नविल बैंक र सेञ्चुरी बैंकको क्रमशः ९७ लाख, ९४ लाख, ८८ लाख ९३ हजार र ८८ लाख ४५ हजारको कारोबार भएको छ ।

जम्मा २३ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । हिमालयन डिस्टीलरी र उन्नति माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९५ र ७.०६ प्रतिशतका दरले कमाएका छन् । नयाँ नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, समता माइक्रोफाइनान्स, लक्ष्मी बैंक, जलविद्युत् लगानी तथा विकास कोष, हिमालयन पावर पार्टनर, हाम्रो विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, किसान माइक्रोफाइनान्स र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ५.७६ र ५.२२ प्रतिशतका दरले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, डिप्रोस्क डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, सानिमा इक्विटी फण्ड, अरुण भ्याली हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.