११० जना कोरोना संक्रमित ,एक जनाको मृत्यु

नेपालमा शुक्रबार ११० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२७ जनामा गरिएको परीक्षणमा ११० जना संक्रमित भेटिएका हुन्।

आज एकजना संक्रमितको मृत्यु भएको छ भने यही अवधिमा १२६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये २० जना आइसियूमा‚ ६३ जना संस्थागत आइसोलेशनमा र १ हजार ९९९ जना होम आइसोलेशनमा रहेका छन्।

हाल काठमाडौंमा ७९३ जना‚ ललितपुरमा ३३७ जना र भक्तपुरमा ३१ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.