१७ दिन मात्रै गर्न पाइने चुनावको प्रचारप्रसार

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १७ दिन प्रचार गर्न पाउने गरी निर्देशिका जारी गरेको छ।

सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले चुनाव प्रचारको लागि १७ दिन पाउने गरी बनाइएको छ।

आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पुर्‍याएको थियो। त्यसैलाई घटाएर १७ दिनमा पुर्‍याइएको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.