२ भारुमा बिकेको थियो स्पाइसजेट, अहिले एयरलाईन्स इन्डेक्समा उत्कृष्ट

काठमाडौं ।

भारतमा सस्तो उडानको लागि चर्चित स्पाइसजेटको ५८.४६ प्रतिशत सेयर अजय सिंहले सन् २०१५ मा २ भारतीय रुपैयाँमा खरिद गरेका थिए ।

अजय सिंहले यो सेयर कम्पनीका प्रमोटर कलानिधी मारना र उनको इन्भेष्टमेन्ट कम्पनी केएएल एयरवेज प्रालिसँग खरिद गरेका थिए ।

ब्लुमर्गमा प्रकाशित रिपोर्ट अनुसार दुई जनाबीच कन्वर्टिवल सेक्युरिटीको विषयमा विवाद थियो । दिल्ली हाइकोर्टमा यसको विषयमा मुद्दापनि परेको थियो ।

रिपोर्टका अनुसार भारतीय औद्योगिक इतिहसामा यो पहिलो पटक भएको थियो कि कुनै सेयर बजारमा सुचिकृत कम्पनी ५ भारतीय रुपैयाँभन्दा कम रकममा बिक्री थियो । यो डिल १५ दिनमा पुरा भएको थियो ।

रिपोर्टका अुनसार यस बारेमा अजय सिंहले यसबारेमा खुलासा गरेका थिएनन् । सेयर बजारको नियामक निकाय सेबीले यसको जानकारी पाएको थियो । यो पहिलो घटना थियो कुनैपनि सुचिकृत कम्पनीले अधिग्रहण बिना यसको मुल्यको जानकारी आएको थियो । सेयरको मुल्यलाईपनि एक सय प्रतिशतसम्म छुट दिइएको थियो ।

ब्लुमर्गले अजय सिंह,दयाननिधी मारान र सेबीका अध्यक्ष अजय त्यागीलाई प्रश्न गरेपनि जवाफ नपाएको जनाएको छ ।

साढे २ वर्ष अगाडि स्पाइसजेट २ अर्ब डलरको हवाई इन्धनको मुल्य तिर्न असफल भएको थियो । अहिले कम्पनी सस्तो उडान गर्ने जहाज कम्पनीमा सबैभन्दा बढी रिर्टन दिनेमा पर्छ ।

अहिले एयरलाईन्स इन्डेक्समा उत्कृष्ट
केही समय अगाडी बन्द हुने अबस्थामा पुगेको भारतिय एयरलाईन्स कम्पनी स्पाइस जेटले आफुलाई पुर्नजीबित गराएको छ ।

विश्वको स्टक बजारमा लिस्टेड एयरलाईन्स कम्पनी मध्ये स्पाई जेटको सेयर मुल्यमा २०१७ जनवरी देखि जुनसम्ममा १२४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले २६ अर्ब डलर बराबरको नयाँ जहाज खरिदकालागी अडरसमेत गरेको छ । उसले ५० नयाँ जहाज खरिदकोलागी बोम्बार्डियरसँग सम्झौंता गरेको छ । बुलूम्बर्ग इटेलिजेन्स इन्डेक्साका अनुसार एयरलाईन्स इन्डेक्समा यस बर्ष स्पाइस जेट उत्कृष्ट रहेको छ ।

उसको २०१४ को तुलनामा अहिलेको सेयरमुल्य ८०० प्रतिशतले वृद्धि भएको हो । अहिले उसको बजार मुल्य १.२ अर्ब डलर रहेको छ ।

उसको प्रर्दशन सुधारमा मुख्यत इन्धनको मुल्यमा आएको कमी, हवाई यात्रीको वृद्धि, घाटामा रहेका रुटमा उडान हटाउनु जस्ता कारण कम्पनीलाई फाईदा पुगेको बुलूम्बगले जनाएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.