५५० ग्राम सुनसहित विमानस्थलबाट १ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.