८ अंकले बढ्यो नेप्से

काठमाडौं– आइतबार साताको पहिलो शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । आज ८ अंकले नेप्से बढ्दा कारोबार पनि ३ अर्ब बढीको भयो ।

आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८.२६ अंकले बढेर १९७५.५० बिन्दुमा पुगेको छ । आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार ७६४ पटक किनबेच भएको छ । आज १११ कम्पनीको शेयर कारोबार हुँदा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले, फ्लोट इन्डेक्स ०.५४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ । आज उपसमूहमा पनि राम्रो उत्साह देखिएको छ । १३ वटा उपसमूहमध्ये ९ वटा समूहको शेयर मूल्य बढ्यो भने ३ वटा समूह घटेको छ ।

आजको कारोबारमा श्रीजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने सांग्रीला विकास बैंकको सबैभन्दा बढी मूल्य बराबरको कारोबार भयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.